PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

रास्वपा उपसभापति अर्यालले भने : रविलाई लखेट्ने काम भयो



पहिलोपोस्ट

रास्वपा उपसभापति अर्यालले भने : रविलाई लखेट्ने काम भयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गुण र दोषको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले सरकारले जनहितमा काम नगरे आफूहरु प्रतिपक्षमा बस्ने बताएका हुन्।

विश्वासको मत लिनका लागि भएको आजको बैठकमा उनले स्वतन्त्र पार्टीको उदयको बारेमा बोल्न धेरै समय खर्चिए। साथै, आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा लगाएर लखेट्ने काम भएको बताए।

'अवसरको खोजीमा रवि बाहिर गएका हुन्। उनी मुलुकमै केही गर्नुपर्छ भनेर फर्केका हुन्। भुइँ मान्छे जोड्न पत्रकारिता गरे। मुलुक भित्र सम्भावना खोज्नेलाई भए भरको शक्ति लगाएर लखेट्ने काम भयो', उनले भने।

उनले चितवन २ बाट रविलाई फेरि मतदाताले संसदमा पठाउनेमा आफू विश्वस्त रहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell