PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग दाँज्दा प्रचण्ड मुसुमुसु : हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने?



पहिलोपोस्ट

राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग दाँज्दा प्रचण्ड मुसुमुसु : हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाउँका ड्राइभरसँग तुलना गरेका छन्। गाडी फेरिरहने गाउँका चालकसँग दाँज्दै लिङ्देनले प्रधानमन्त्रीलाई भाग्यमानीसमेत रहेको बताए।

'जुहारी चलाउने धेरै मन छैन। भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई दुई महिनामा दुईदुई पटक विश्वासको मत लिन पाउनुभयो। वैशाख १५ तिर फेरि विश्वासको मत लिन नपरोस् भन्न चाहन्छु,' लिङ्देनले भने, 'गाउँघरमा कहिलेकही यस्तो ड्राइभर भेटिन्छ कहिले कसको गाडी चलाइरहेको हुन्छ कहिले कसको। गाडी फेरिरहन्छ टिकाउ नै छैन के भन्छन् गाडी फेरिरहने ड्राइभरलाई नयाँ गाडी दिन योग्य हुन्छ कि हुँदैन?'

राप्रपाले अनुभवी चालक सम्झेर हाइड्रोजन गाडी दिँदा प्रचण्ड पुरानै गाडीतिर हाम्फालेकोसमेत लिङ्देनले बताए। 'अनुभव छ, लाइसेन्स भएको मान्छेलाई हाइड्रोजन गाडी दिएको। गाडी स्टार्ट नहुँदै पुरानै गाडी चलाउँछु भन्दै हाम्फालेपछि हामीले के गर्ने?' लिङ्देनले प्रश्न गरे। लिङ्देनको भनाई सुन्दै गर्दा प्रधानमन्त्री प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए। लिङ्देनले राप्रपाले लाइसेन्स पाउन अझै कुर्नुपर्ने अवस्था रहेकोसमेत बताए। 'राप्रपाको अवस्था त यस्तो भयो कि गाडी पनि छ सिट पनि छ तर लाइसेन्स छैन। कुर्नुपर्ने भयो,' लिङ्देनले भने, 'अर्को यात्राको लागि शुभकामना छ। हाम्रो पनि सहयोग लिनुपर्ने दिन आउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell