PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्डलाई 'सहासी प्रधानमन्त्री' भन्दै प्रदीप यादवले भने : जसपाले विश्वासको मत दिन्छ



पहिलोपोस्ट

प्रचण्डलाई 'सहासी प्रधानमन्त्री' भन्दै प्रदीप यादवले भने : जसपाले विश्वासको मत दिन्छ

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सबै सांसदलाई आग्रह गरेका छन्।

प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावका क्रममा सम्बोधन गर्दै उनले जसपाले विश्वासको मत दिने बताएका हुन्।

'जसपालाई विश्वासको मत दिने कुरा जानकारी गराउन चाहन्छौं,' उनले भने।

प्रदीपले प्रचण्डलाई सहासी प्रधामन्त्री भन्दै यो सरकार विशेष परिस्थिति बनेको बताए। प्रदीपले आजको बैठकमा अहिले देशमा रहेको आर्थिक समस्याबारे आफ्नो राय पनि राखेका थिए। संघीयता कार्यान्वयन र अर्थतन्त्रको समस्यालाई समाधान गर्न प्रचण्ड सरकारले काम गर्नेमा आफू विश्वस्त रहेको समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell