PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमालेलाई सरकारबाट घोक्राएर किन निकालियो? खोज अनुसन्धान हुनुपर्छ : माधव नेपाल



पहिलोपोस्ट

एमालेलाई सरकारबाट घोक्राएर किन निकालियो? खोज अनुसन्धान हुनुपर्छ : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारको ठुलो घटक एमालेलाई प्रचण्ड सरकारबाट 'आउट' गर्नुको कारण खोजको विषय हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेपालले एमाले प्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्।

एमालेले आफूलाई घोक्राएर निकालेको भनेको सुनेको दाबी गर्दै नेपालले भने, 'एमालेलाई घोक्राएर किन निकालयो भन्ने कुरा पनि सुनियो। आफै निस्केको भन्ने पनि सुनियो। विश्वविद्यालयलाई खोज अनुसन्धान गर्न पो दिनुपर्छ कि। यो खोज र अनुसन्धानको विषय हुनुपर्छ।'

नेपालले अरुलाई दोष दिने चलन नेपालमा पुरानै भएको उल्लेख गर्दै आफ्नै कारण बिग्रेको विषयमा भने ध्यानै नदिने तर्क गरे। नेपालले यो गठबन्धन पाँच वर्ष टिक्नेसमेत दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell