PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ठूला दललाई सिके राउतले सिकाए सिद्धान्तको पाठ, 'म आज खुसी छु भनेर भन्न सक्दिँन'



पहिलोपोस्ट

ठूला दललाई सिके राउतले सिकाए सिद्धान्तको पाठ, 'म आज खुसी छु भनेर भन्न सक्दिँन'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनमा अहसहमति भए पनि देशमा स्थिरताका लागि सबै पार्टीहरु मिल्नुपर्ने बताएका छन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावबारे सम्बोधन गर्ने क्रममा उनले देशलाई अस्थिरता तिर लग्न नहुने बताएका हुन्।

प्रचण्डले दुई महिनामा नै फेरि विश्वासको मत लिँदैछन्। त्यसैले आफूलाई खुसी नलागेको भन्दै राउतले भने, 'म खुसी छु भनेर भन्न सक्दिँन। दुई महिनाको समयमा नै फेरि यो दिन आयो। यसले अस्थिरता तिर लैजान्छ। यस्तो परिस्थिसत फेरिफेरि नआओस्।'

उनले यो परिस्थिति आउनुमा कुनै पात्र वा पार्टीलाई दोष नदिने भन्दै सिद्धान्त नमिल्ने पार्टीसँगको गठबन्धन नै यसको कारण भएको बताए।

'सिद्धान्त बिहीन राजनीति र गठबन्धन धेरै दिनसम्म टिक्न सक्दैन। अहिले त्यस्तै देखियो। अमिल्दो सिद्धतान् नमिलेका कारणले यो पररिस्थित सिर्जना भएको ज्तो लाग्छ।'

शाहवंशीय राजतन्त्र सुरु हुनुभन्दा अघि नै नेपालमा गणतन्त्र रहेको प्रसंग जोड्दै राउतले प्रचण्डले नेपालमा गणतन्त्र पुन: स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेको बताए। त्यसैले जनमत पार्टीले प्रचण्डलाई विश्वासको मत दिने उनले बताए।

राउतले प्रचण्ड सरकारसँग केही असहमति रहे पनि गठबन्धन छोडिहाल्ने निर्णय नगरेको स्मरण गराए।

'हाम्रो पार्टी स्थायित्वको पक्षमा छ। मधेश आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता विधेयक, राजबन्दीको रिहाई हाम्रो मुद्दा हो,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell