.jpg)
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालकी मञ्जु शर्मा समानुपातिक सांसदमा निर्वाचित भएकी छिन्। सोमवार निर्वाचन आयोगले मञ्जु समानुपातिक सांसदमा निर्वाचित भएको जनाएको हो।
'शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोमा सो रिक्त हुन आएको पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहनुभएका मन्जु शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको छ,' आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो। रिक्त पदमा मुस्लिम क्ल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस जसपाले निर्णय गरेको थियो।
निर्वाचित मञ्जुको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।