PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

लुम्बिनीका दश क्रिकेट खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने 



पहिलोपोस्ट

लुम्बिनीका दश क्रिकेट खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने 

बुटवलः लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको छनोटमा पुर्‍याउने ६ खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्न लागिएको हो।  

प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, रुपन्देहीका कुशल मल्ल, रुपन्देहीका मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले बताए।

त्यस्तै यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल लुम्बिनी प्रदेशका पाँच जना खेलाडीहरुलाई पनि जनही पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए। हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु-१९ का कप्तान रुपन्देहीका देव खनाल, रुपन्देहीका दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशाल विक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell