PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

ड्राईपोर्ट वीरगंजको मुलगेटमा पुनः स्थानीयको चक्काजाम, २ अर्ब ८० करोड मुआब्जा दिन बाँकी



पहिलोपोस्ट

ड्राईपोर्ट वीरगंजको मुलगेटमा पुनः स्थानीयको चक्काजाम, २ अर्ब ८० करोड मुआब्जा दिन बाँकी

वीरगंजः वीरगंज-२५ श्रीसिया सुख्खा बन्दरगाह भन्सार कार्यालय अगाडि स्थानीयले पुनः चक्काजाम गरी प्रदर्शन गरेका छन्। ७ वर्षको अवधिमा पनि मुआब्जाको काम पूरा नभएको भन्दै दबाबका लागि स्थानीयले पुनः धर्ना तथा चक्काजाम गरेका हुन्।

सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म श्रीसिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको मूल गेटमा वडाबासीले चक्काजाम गरी धर्ना दिएका थिए।

सरकारले २०७३ सालदेखि बन्दरगाह भन्सार कार्यालय र वीरगंज १७ अलौंस्थित वीरगंज भन्सार मातहतको आइसिपी भन्सारबीचको ६२ विघा जग्गा अधिग्रहण गर्न भूमिसुधार तथा मालपोत कार्यालय पर्समा पत्र पठाएर जग्गा रोक्का गराएको थियो। जग्गा रोक्का गरेको ५ वर्षपछि २०७८ सालदेखि मुआब्जा दिन सुरु गरिएको थियो।

हालसम्म ३ अर्ब मुआब्जा सरकारले विवरण गरेको र अझै २ अर्ब ८० करोड मुआब्जा दिन बाँकी रहेको छ। मुआब्जा नपाएको र जग्गा रोक्का राखिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

चक्काजामपछि बन्दरगाह भन्सार प्रमुख जयबहादुर भण्डारीले स्थानीयसँग वार्ता गरी गेट खुलाएका थिए। भण्डारीले नयाँ अर्थमन्त्री आएपछि मुआब्जा माग गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell