A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995a44cd5e929.46884243): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995a44cd5e929.46884243,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ट्र्याक्टर दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु, २६ जना घाइते
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

ट्र्याक्टर दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु, २६ जना घाइते



रासस

ट्र्याक्टर दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु, २६ जना घाइते

कैलाली : कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका-९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ। चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell