PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कोटेश्वरबाट पक्राउ



रासस

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कोटेश्वरबाट पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका-१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन्। उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell