PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सि मस्कोमा हुँदा जापानी प्रधानमन्त्री किशिदा भने किभको 'सरप्राइज भिजिट'मा



पहिलोपोस्ट

सि मस्कोमा हुँदा जापानी प्रधानमन्त्री किशिदा भने किभको 'सरप्राइज भिजिट'मा

चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिले रसिया भ्रमणमा छन्। युक्रेनसँग युद्ध लडिरहेको मस्कोमा सि र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सि मस्को पुगेका हुन्।

सि मस्को पुगेको बेला जापानका प्रधानमन्त्री फुमिओ किशिदा भने युक्रेनको राजधानी किभ पुग्ने तयारीमा छन्। भारत भ्रमणमा रहेका किशिदा त्यहाँबाट सिधै किभमा 'सरप्राइज भिजिट'मा पुग्न लागेका हुन्।

किशिदाले किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गर्नेछन्। त्यसक्रममा किशिदाले युक्रेनलाई जापानको समर्थन रहने जेलेनस्कीलाई बताउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell