PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

टुँडिखेलको कार्यक्रमका लागि खुलामञ्चमा घोडाहरु चिटिक्क

टुँडिखेलको कार्यक्रमका लागि खुलामञ्चमा घोडाहरु चिटिक्क

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज घोडेजात्रा। यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेप कार्यक्रम आयोजना हुँदैछ।

टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि सहभागी हुँदैछन्। अहिले घोडेजात्रा कार्यक्रमका लागि तयारी भइरहेको छ।

खुलामञ्चमा अहिले कार्यक्रमका लागि घोडाहरु तयारी अवस्थामा राखिएका छन्। नेपाली सेनाको तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने गरिन्छ।

खुलामञ्चमा घोडाहरुको कपाल र पुच्छरमा विभिन्न रङ्गका कपडा बाँधेर तयार गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell