PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सरकारको 'काउन्टडाउन' सुरु भएको भन्दै गगन थापाले भने : नागरिकले हिसाबकिताब राख्न थालिसके



पहिलोपोस्ट

सरकारको 'काउन्टडाउन' सुरु भएको भन्दै गगन थापाले भने : नागरिकले हिसाबकिताब राख्न थालिसके

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालीन विषयमा द्वन्द्वपीडितको भावना समेटिनुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया टुंग्याउदा पीडितिलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।

'संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेटिएन भने अप्ठेरोमा पर्छौ,' उनले भने। 

उनले अन्तराष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठीक देखिनुपर्ने तर्क गरे।

'यो विषय केवल हाम्रा विषय मात्रै होइन। संसारका मान्यताका आधारमा ठीक देखिन्छ कि देखिदैँन त्यो पनि हेर्नुपर्छ,' उनले भने।

सरकारले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको र जनयुद्धका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरेको सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो।

यस्तै, उनले अब केन्द्रदेखि प्रदेशमा नेपाली कांग्रेससहितको सरकार बन्ने बताए। अब दोष कसैलाई लगाउन नमिल्ने भन्दै उनले सरकारको 'काउन्टडाउन' हिजोको विश्वासको मतदेखि सुरु भएको थापाले बताए।

'हिजोबाट घडीको सुइ चल्न सुरु भएको छ। नागरिकले हिसाबकिताब राख्न थालेका छन्। दिनप्रतिदिन सफल हुँदै गए ठिक हुन्छ। तन्नेरीले देश छोड्नुपर्छ भन्ने धारणा बदल्न सकेनौं भने असफल हुन्छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell