PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला



पहिलोपोस्ट

अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अन्तराष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपमा हेरिरहेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा कोइरालाले शान्ति प्रक्रियाको विषयमा गम्भीर हुनुपर्ने उनले बताएका हुन्। 

सरकारले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको र जनयुद्धका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरेको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो।

सोही कार्यक्रममा उनले कांग्रेस चाँडै सरकारमा सहभागी हुने पनि बताए। र, अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताए।

'कांग्रेस १/२ दिनमै सरकारमा जाँदै छ। नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन्,' उनले भने।

उनले अब सरकारमा रहेन दललाई सम्हाल्ने जिम्मा पनि कांग्रेसको भएको बताए। 

'१० वटा दल छन्। ति दललाई सम्हालेर अगाडि बढ्ने जिम्मा पनि नेपाली कांग्रेसकै हो। नेपाली कांग्रेसको काधमा धेरै ठूलो जिम्मेवारी आएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell