PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रधानन्यायाधीश सिफारिसको कानुन छिटो टुङ्ग्याउन बारले सभामुखलाई गर्‍यो आग्रह, चोलेन्द्रको महाभियोगमा पनि चासो



पहिलोपोस्ट

प्रधानन्यायाधीश सिफारिसको कानुन छिटो टुङ्ग्याउन बारले सभामुखलाई गर्‍यो आग्रह, चोलेन्द्रको महाभियोगमा पनि चासो

काठमाडौंः संवैधानिक परिषद्सम्बन्धी विचाराधीन विधेयक चाँडो टुंगोमा पु¥याउन नेपाल बार एसोसिएसनले सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ। परिषदको ऐन संशोधन प्रक्रियाले पूर्णता नपाउँदा अहिले प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन। २०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशले चलाइरहेका छन्।

परिषदको विधेयक चैत ५ गते प्रतिनिधि सभामा पेस भएको छ। तर, अन्य प्रक्रिया अघि बढेको छैन।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले सभामुख घिमिरेलाई मंगलबार भेट गरेर विधेयक चाँडो पारित गर्न आग्रह गरेको हो। विधेयक पारित नभए संविधानले दिएको सर्वसम्मतको विकल्पमा संवैधानिक परिषद् जाने सक्ने पनि बारले ध्यानाकर्षण गराएको छ।

यस्तै, भेटमा संसदीय सुुनुवाइ प्रक्रिया पूरा नहुँदा यसअघि रोकिएका सर्वोच्चका तीन न्यायाधीशको अवस्थाबारे पनि बारले ध्यानाकर्षण गराएको छ। गत भदौमा सर्वोच्चमा तीन न्यायाधीश सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएका कारण नियुक्ति हुन सकेको छैन।

बार टोलीले निवर्तमान प्रधानन्यायायधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रक्रिया टुंगिएको वा नटुंगिएकोबारे पनि प्रश्न गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell