PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दरबार हाइस्कुलमा गुञ्जिए संस्कृतदेखि भोजपुरी भाषाका कविता : सन्दर्भ विश्व कविता दिवस



पहिलोपोस्ट

दरबार हाइस्कुलमा गुञ्जिए संस्कृतदेखि भोजपुरी भाषाका कविता : सन्दर्भ विश्व कविता दिवस

काठमाडौं : विश्व कविता दिवसका अवसरमा काठमाडौं स्थित दरबार हाइस्कुलको सभा हलमा मंगलवार दिउँसो विभिन्न भाषाको कविता गुञ्जिए। बालसिर्जना मञ्च, भक्तपुरले आयोजना गरेको  'बहुभाषिक कवि गोष्ठी एवम् रचना वाचन कार्यक्रम' कार्यक्रममा आनन्द गुप्ताले भोजपुरी भाषामा कविता वाचन गरेका भने बालकृष्ण श्रेष्ठले दोलखाली भाषामा कविता सुनाए।

जिवी नेपालीले दर्जी भाषामा कविता सुनाउँदा नेत्र तामाङले तामाङ भाषाको बाल कविता सुनाएका थिए। श्याम राई, पुरुषोत्तम सिग्देलले क्रमशः राई , नेपाल र संस्कृत भाषामा कविता प्रस्तुत गरे। कार्यक्रममा संविद ढकाल, जुनु घिमिरे, आर. मानन्धर, डिल्लीराम ढकाल, उषा केसी, विष्णु थापा, अंशु दुलाल, मन्सु नकर्मी, कविता रोकायालगायतसमेत आफ्नो कवितामा लय हाले।

कार्य्रकममा २५ जिल्लाका स्रष्टाले ११ ओटा मातृभाषामा कविता सुनाएका थिए। प्रमुख अतिथिका रुपमा उपस्थित जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले कविता वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। दुवालले नेपालमा बोलिने सबै मातृभाषाको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने कुरामा जोड दिद। कार्यक्रमका अतिथिहरुमा डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरिप्रसाद खनाल, छायाँदत्त न्यौपानेको उपस्थित रहेको थियो।

मञ्चकी अध्यक्ष डा. सिता सुवेदी पन्थीको अध्यक्षता, गोपीकृष्ण ढुङ्गानाको स्वागत भाषणमा सम्पन्न कार्यक्रमको सञ्चालन जितेन्द्र रसिकले गरेका थिए। कार्यक्रममा कविता वाचन गर्ने सर्जकहरुलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell