PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै



पहिलोपोस्ट

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन्।

उनको विश्वासको मतसम्बन्धी प्रस्ताव आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा टेबल हुनेछ। प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell