PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

लुम्बिनीका स्वतन्त्र सांसद ‍सुरुल पुन माओवादी केन्द्रमै फर्किए



पहिलोपोस्ट

लुम्बिनीका स्वतन्त्र सांसद ‍सुरुल पुन माओवादी केन्द्रमै फर्किए

काठमाडौं : लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा माओवादी केन्द्र रोजेका छन्। उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन्।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए। पुनले माओवादी केन्द्रभित्र विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए थियो। अब उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए। उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए। पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए। यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell