काठमाडौं : सुनको मूल्य बढ्ने क्रममा बुधबार 'ब्रेक' लागेको छ। सुन बुधबार तोलाको २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३४० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १९३९.०३ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.३५ डलर छ। मंगलबार सुन प्रतिऔंस १९७५.४९ र चाँदी प्रतिऔंस २२.४६ डलर थियो।