PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वनकाली पुगेर राष्ट्रपति पौडेलले रोपे नागचम्पा



पहिलोपोस्ट

वनकाली पुगेर राष्ट्रपति पौडेलले रोपे नागचम्पा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थित वनकालीमा वृक्षरोपण गरेका छन्। चैत्र शुक्ल प्रतिपदालाई ब्रमाण्डको सृष्टि भएको दिन मानिन्छ। उक्त अवसरमा वनकाली क्षेत्र पुगेर राष्ट्रपति पौडेलले नागचम्पा फूलको बिरुवा रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

राष्ट्रपति पौडेल वनकाली पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारीले स्वागत गरेका थिए।

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले बुधवार नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपेको उनको भनाइ छ।

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ। गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell