PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

अफगानिस्तान र पाकिस्तानमा भूकम्प : १२ जनाको मृत्यु, २०० जनाभन्दा बढी घाइते



पहिलोपोस्ट

अफगानिस्तान र पाकिस्तानमा भूकम्प : १२ जनाको मृत्यु, २०० जनाभन्दा बढी घाइते
Photo : Getty Images

अफगानिस्तान र पाकिस्तानमा हिजो राति गएको भूकम्पका कारण हालसम्म १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सो भूकम्पमा परि २०० भन्दा बढी घाइते भएका छन्।

पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६.६ म्यग्नेच्युडको भूकम्पका कारण कयौं घरहरु क्षतिग्रस्त भएको बीबीसीले उल्लेख गरेको छ। भूकम्पपछि धेरै ठाउँमा पहिरो पनि गएको छ। सो भूकम्पको कम्पन काजकिस्तान, टर्किमिस्तान, कीर्गिस्तानसँगै भारतको दिल्लीसम्म महसुस भएको थियो।

मृत्यु हुनेमा पाकिस्तान ९ जना र अफगानिस्तानमा ३ जना रहेको जनाइएको छ। भूकम्प प्रभावित क्षेत्र ग्रामिण भेगमा रहेकोले उद्दार र राहतमा गाह्रो भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell