PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मुकुन र मेनुका अभिनित ‘गणपति’ जेठ ५ गतेबाट प्रदर्शन हुने



पहिलोपोस्ट

मुकुन र मेनुका अभिनित ‘गणपति’ जेठ ५ गतेबाट प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘गणपति’को नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सबिन अधिकारी निर्देशित यो फिल्म आगामी जेठ ५ गतेबाट रिलिज हुने निर्माण टोलीले जनाएको छ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधानलाई देख्न सकिन्छ। जहाँ गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ।

फिल्ममा लेखन पनि सबिनको नै रहेको छ। ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले दाबी गरे।

फिल्ममा मुकुन र मेनुकाका साथै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ।

फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell