PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चीनमा गुड्यो ड्राइभर बिहीन बस



पहिलोपोस्ट

चीनमा गुड्यो ड्राइभर बिहीन बस
Photo : Xinhua

चीनको हुबेइ प्रान्तमा गुडिरहेको बस अहिले चिनियाँ समाजिक संजालमा भाइरल भइरहेका छन्। रातो रङ्गको यो बस सेवा चर्चामा आउनु कारण हो : यो बसमा ड्राइभर नै छैन।

यो बस यात्रुहरुले आफू अनुकूल संचालन गर्न सक्छन्। त्यसका लागि बसमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। हाल परीक्षणका रुपमा यो बस संचालन गरिएको हो।

'सेल्फ ड्राइभिङ पेसेन्जर बस' भनिएको यो गाडीमा लेजर राडर, मिलिमिटर वेब राडर र एचडी क्यामरा जडान गरिएका छन्। एक सेकेन्डभन्दा कम समयमा यो बसले बसको 'अपरेशनल' निर्णयहरु लिन सक्ने जनाइएको छ।

यो बसले ट्राफिक अवस्था र गम्भीर वातावरणमा पनि काम गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell