PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

नेपालको एकदिवसीय वरीयता सुध्रियो, खेलाडी को कति स्थानमा?



पहिलोपोस्ट

नेपालको एकदिवसीय वरीयता सुध्रियो, खेलाडी को कति स्थानमा?
फाइल फोटो

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरीयता सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधवार जारी गरेको वरीयता अनुसार नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको हो।

पछिल्ला १२ खेलमा ११ जित निकालेको नेपालले एक महिना भित्रमा चार स्थान वरीयता सुधार गर्न सफल भएको हो। मोन्टी देशाइ प्रशिक्षकका रुपमा नेपाल आउँदा नेपाल वरीयतामा १९ औँ स्थानमा थियो। अर्थात नेपाल भन्दा पछि रहेको एकदिवसीय मान्यताप्राप्त मुलुक पपुवा न्युगिनीमात्र थियो। त्यसयता जितको शृङखला बनाएको नेपालले क्रमश १५ औँ स्थानमा आउन सफल भएको हो।

नेपाल भन्दा पछाडि क्रमश ओमन, नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनी छन्। वरीयताको शीर्ष तीनमा क्रमश भारत, अस्ट्रेलिया र न्युजिल्याण्ड छन्।

खेलाडी को कता?

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ब्याटिङतर्फ तालिकाको ५७ औँ स्थानमा छन्। त्यस्तै आशिफ शेख ६७ औँ छन्। ब्याटिङको शीर्षस्थानमा पाकिस्तानी कप्तान बाबर आजम छन्।

बलिङतर्फ पूर्वकप्तान सन्दीप लामिछाने २२ औँ स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी ५६ औँ, सोमपाल कामी ६७ औँ तथा करण केसी ९६ औँ स्थानमा छन्।

बलिङतर्फ शीर्षस्थानमा अस्ट्रेलियाका जोस हेजलवुड शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट तथा तेस्रो स्थानमा भारतका मोहम्मद सिराज छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell