PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

'पुष्पा २' मा अजय देवगन कि सलमान खान?



पहिलोपोस्ट

'पुष्पा २' मा अजय देवगन कि सलमान खान?
koimoi

दक्षिण भारतीय फिल्म ‘पुष्पा : द राइज’ हिट भएसँगै दर्शक पुष्पाको दोस्रो पार्टको प्रतिक्षामा छन्। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको ‘पुष्पा २’ को छायाङ्कन गत भदौबाट सुरु भएको हो।

यसैबिच, ‘पुष्पा: द रुल’ मा चर्चित बलिउड अभिनेतालाई भित्र्याउने खबर बाहिरिएको छ। जसमा बलिउड स्टार सलमान खान वा अजय देवगनमध्ये एक जनाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सुकुमार निर्देशित यस फिल्मको स्क्रिप्टको पुन: लेखन कार्य भइरहेको समेत बताइएको छ। निर्माण टिमले बलिउड स्टारको कास्टिङ बारे कुनै औपचारिक पुष्टि गरेको छैन। एक वर्षअघि अभिनेता मनोज बाजपेयीलाई फिल्मको लागि अफर गरिएको खबर बाहिरिएको थियो। तर ‘फेमिली म्यान’ अभिनेताले उक्त खबरलाई झुटो भन्दै खण्डन गरेका थिए।

फिल्मको दोस्रो श्रृंखलामा अल्लु अर्जुन र फहद फासिलबीच टकराव हुनेछ, जसलाई ‘पुष्पा: द राइज’को अन्त्यमा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको थियो। साथै पुष्पा २ को छायाङ्कन यसै महिनाको अन्त्यमा बैंग्लोरमा पुनः सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell