काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा फोन ट्याप गर्ने कार्य स्विकार्य नभएको बताएका छन्। सरकारले सर्वसाधारणको फोन ट्याप गर्न सक्ने गरी विधेयक ल्याउन लागेपछि नेता कोइरालाले विरोध जनाएका हुन्।
बुधवार कोइरालाले फोन ट्याप गर्ने सरकारी तयारीमाथि प्रश्न उठेकोसमेत जनाएका छन्। 'लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,' कोइरालाले ट्वीट् गरेका छन्, 'राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतकोसमेत ध्यान जाओस्।'