PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वाग्मतीमा मुख्यमन्त्रीलाई विश्वासको मत : आज कांग्रेस अनुपस्थित, अर्को मितिमा एमालेले नभ्याउने!



निशा गुरुङ

वाग्मतीमा मुख्यमन्त्रीलाई विश्वासको मत : आज कांग्रेस अनुपस्थित, अर्को मितिमा एमालेले नभ्याउने!

हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको अर्को प्रदेश सभा बैठक सार्न आग्रह गरेको छ। बुधवार विश्वासको मत लिनका लागि तोकिएको समयमा कांग्रेस प्रदेश सांसदहरु उपस्थित नभएपछि सभामुख चैत १० गतेका लागि बैठक स्थगित गरिएको थियो।

उक्त दिन मिसन ग्रासरुट अभियानअन्तर्गतको कार्यक्रम रहेकोले बैठकको मिति सार्न अनुरोध गरिएको वाग्मती प्रदेश नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले जनाए। बुधवार बसेको संसदीय दलको बैठकले एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम चैत १० र ११ गते भएकोले प्रदेश सभामा उपस्थित हुन नसक्ने उल्लेख गर्दै १२ गतेका लागि प्रदेश सभा बैठक राख्न अनुरोध गर्ने निर्णय गरेकोसमेत पौडेलले जानकारी दिए।

केन्द्रीय सत्ता समीकरणबाट 'आउट' भइसकेको एमाले यहाँ भने सत्तामै रहेको छ। वाग्मती सरकार छाड्ने या नछाड्नेबारे एमालेले विश्वासको मत लिने दिन संसदमा सम्बोधन गरेरमात्रै टुंगो लगाउने निर्णय गरेको पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell