PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

नवनियुक्त एआइजीहरुलाई प्रधानमन्त्रीको बधाई



पहिलोपोस्ट

नवनियुक्त एआइजीहरुलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)हरुलाई बधाई दिएका छन्। बुधवार प्रधानमन्त्रीले नवनियुक्त एआइजीहरुलाई सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनायो।

गृह मन्त्रालयले बुधवार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा नियुक्ती दिएको हो। बधाई भेटमा प्रधानमन्त्रीले नवनियुक्त एआइजीहरुलाई आगामी कार्यकालमा अझै जनमुखी सेवाप्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउनसमेत निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell