बुटवल : थ्री स्टार क्लबलाई हराउँदै सुदूरपश्चिम - ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुटवल - ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १ - ० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए। भोलि बुधवार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच दोस्रो सेमिफाइल खेल हुनेछ। अब सुदूरपश्चिम ११ ले यी दुईबीचको विजेतासँग फाइनल खेल्नेछ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी छन्। गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ। गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुने छ।