PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दलको बैठक निष्कर्षविहीन



पहिलोपोस्ट

मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दलको बैठक निष्कर्षविहीन

काठमाडौंः मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए। लेखकले भने, 'आज प्रारम्भिक छलफल भयो। सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ। अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको छैन।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य भइरहेको छ। तर सत्ता साझेदार दलबीच भागबन्डा मिल्न सकेको छैन।

पुस १० मा नेकपा (एमाले) को सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन फागुन १२ गते गठबन्धन टुटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell