PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

थ्री नेशन्स कपः लाओसलाई हराउँदै नेपालको सुखद् सुरुवात



पहिलोपोस्ट

थ्री नेशन्स कपः लाओसलाई हराउँदै नेपालको सुखद् सुरुवात

काठमाडौंः प्रधानमन्त्री थ्री नेशन्स कपमा नेपालले लाओसलाई हराउँदै सुखद् सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले २-० गोलको जित निकालेको हो।

पहिलो हाफमा नेपालले अग्रता बनायो। खेलको ३० औं मिनेटमा अनन्त तामाङले कर्नरबाट नवीन लामाले दिएको क्रसमा गोल गरे। खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाए।

६८औं मिनेटमा गोलकिपर किरण चेम्जोङ बिट भैसकेको अवस्थामा अनन्त तामाङले बल क्लियर गर्दै गोल हुनबाट बचाएका थिए।

प्रतिगोगितामा अब चैत ११ गते लाओस र भुटान तथा १४ गते नेपाल र भुटान भिड्नेछन्। १७ गते फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell