PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

५० हजार घुससहित जनकपुरधाममा पक्राउ परे वडाध्यक्ष र सचिव



पहिलोपोस्ट

५० हजार घुससहित जनकपुरधाममा पक्राउ परे वडाध्यक्ष र सचिव

जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष र सचिवलाई घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियारको एक होटलबाट पक्राउ गरेको हो। जानकी मन्दिर नजिकै रहेको रोहन होटलबाट ५० हजार रुपैयाँ घुससहित उनीहरु पक्राउ परेका हुन्।

जग्गा दर्ता कायम गर्न सरजमिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग्दै आएको उजुरीका आधारमा टोली होटल पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell