PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

निगमको जहाजमा महिला बनेर आए पुरुष, चालक दलका सदस्यसँग क्यानले लियो बयान



पहिलोपोस्ट

निगमको जहाजमा महिला बनेर आए पुरुष, चालक दलका सदस्यसँग क्यानले लियो बयान

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएसँगै बुधवार उडानका चालक दलको बयान लिएको छ। प्राधिकरणले बयानका लागि ताप्लेजुङमा कार्यरत ग्राउण्ड स्टाफलाई काठमाडौंमा बोलाइसकेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘हामीले बुधवार काठमाडौंमा रहेका कर्मचारीको बयान लिएका छौं। उता ताप्लेजुङबाट पनि यो उडानका क्रममा सहभागी कर्मचारीलाई यहाँ बोलाएका छौं। सबै कर्मचारीसँग लिएको बयानका आधारमा हामी कारबाही अगाडि बढाउँछौं,’ प्रवक्ता निरौलाले भने।

सोमवार भएको यो उडानमा आवद्ध निगमका ६ जना कर्मचारीलाई प्राधिकरणले ग्राउण्डेड गरिसकेको छ। तोकिएको वजन भन्दा बढी र पुरुषलाई महिला बनाएर जहाजमा ल्याएको भन्दै उनीहरुलाई कारबाही गरिएको हो।

सोमवार विहानको ९ एन-एबीटी कलसाइनको जहाजमा तोकिएभन्दा एक सय पाँच टन वजन बढी देखाएको थियो। सवार १५ जना यात्रुमध्ये ६ जना पुरुष र ९ जना महिला थिए। तर, हेर्दा ७ जना पुरुष भेटिएपछि ६ जना कर्मचारीलाई ग्राउण्डेड गरिएको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell