PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग



पहिलोपोस्ट

बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग

काठमाडौं : स्वर्गीय कलाकार बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार ललितपुरस्थित स्नेही काख संस्थामा पुगेर राणाकी जेठी छोरी नन्दनीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए।

गत फागुन १५ गते राणाकी श्रीमती र छोरीलाई काठमाडौंको गोलढुंगाबाट स्नेही काखले उद्धार गरि उपचारको व्यवस्था गरेको थियो।

वि.सं २०४१ सालमा बनेको फिल्म ‘अन्याय’ बाट डेब्यु गरेका राणाका बसन्ती, बलिदान,दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, साथी म तिम्रो, आई एम सरी, कसले चोर्‍यो मेरो मन, दासढुंगा लगायतका फिल्महरु चर्चित छन।

राणाको २०७५ माघ १८ गते ७८ बर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि उनकी श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell