PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!



पहिलोपोस्ट

गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ।

कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका थिए।

खेलको ७७ मिनेटमा भने कोब्रेसलका अर्जेन्टिनी गोलकिपर लिएनड्रो रेक्विनाले गोल गरेका थिए। पोस्टबाट उनले प्रहार गरेको बल विपक्षीको गोलपोस्टमा पसेको थियो। विपक्षी गोलकिपर र अन्य खेलाडी त्यसपछि अच्चममा परे।

कोलो कोलोका गोलकिपर ब्रायन कोर्टेस त्यो बेला पेनाल्टी एरिया बाहिर थिए। लिएन्ड्रोले प्रहार गरेको बल ब्रायनको टाउको माथि हुँदै गोलपोस्टमा पसेको थियो।

हेर्नुस गोलकिपरले गरेको गोल :

टिएनटी स्पोर्ट्स चिलीका अनुसार लिएन्ड्रोले १०१ मिटरको दुरीबाट प्रहार गरेको बल गोलपोस्टमा पसेको थियो। यो हालसम्म कै लामो दुरीबाट प्रहार भएको गोल हुन सक्ने बताइएको छ। गिनिज वर्लड रेकर्डमा सूचिकृत भए लिएन्ड्रोको सो गोलले इतिहास रच्नेछ। हाल ९६.१ मिटरको दुरीबाट प्रहार भएको गोलको नाममा सो रेकर्ड छ। सन् २०२१ मा न्यूपोर्ट काउन्टी र चेलटेनह्यान टाउनबिच भएको खेलमा टम किङले सो रेकर्ड बनाएका थिए।

अहिले चिलियन फुटबल फेडेरेसनले बल प्रहार भएको स्थानबाट दुरी नाप्न थालेको छ। र, सोको आधारमा नयाँ रेर्कडका लागि आवेदन दिने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell