PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

करिश्माले किन भनिन् 'दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन'?



पहिलोपोस्ट

करिश्माले किन भनिन् 'दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन'?

काठमाडौं : केही दिनदेखि अभिनेत्री करिश्मा मानन्धर अभिनित एक विज्ञापन चर्चामा छ। विज्ञापनमा गरेको अभिनयका कारण करिश्माले आलोचना खेप्नु परिरहेको छ।

‘महानायिकाको अभिनय’ भन्दै सामाजिक सञ्जालमा ट्रोल बन्न थालेपछि करिश्माले प्रतिक्रिया दिएकी छिन्। करिश्माले प्रचार निर्माण सामाग्रीमा आफ्नो हात नरहने उल्लेख गरेकी छिन्।

‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन। त्रुटी मानिस बाटै हुने हो। यसको प्रचारको काममा मेरो उपस्थिति रहने भए पनि, प्रचार निर्माण सामाग्रीमा मेरो हात हुँदैन। सुझावसम्म दिन सकिन्छ। जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ। मेरो काम भनेको भनेअनुसार गर्ने हो,’ उनले लेखेकी छिन।

साथै,करिश्माले विज्ञापनमा सुधार हुने प्रतिबद्धता जनाउँदै आफ्ना हरेक क्रियाकलापलाई चासोको साथ हेर्ने र सुधार्ने मौका दिने सबैलाई धन्यवाद व्यक्त गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell