PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सुन तोलामा १२ सय रुपैयाँ बढ्यो



पहिलोपोस्ट

सुन तोलामा १२ सय रुपैयाँ बढ्यो

काठमाडौं : सुनचाँदीको मूल्य फेरि बढेको छ। बिहीबार सुन तोलामा एक हजार दुई सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ पुगेको छ। बुधबार सुन तोलामा २ हजार रुपैयाँले घट्दै प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घट्दै प्रतितोला १ हजार ३३५ रुपैयाँ थियो।

अन्तराष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा उतारचढाव आइरहेको छ। बुधबार प्रतिऔंस १९३९.०३ डलरमा रहेको सुन बिहीबार बढ्दै प्रतिऔंस १८७७.६६ डलर पुगेको छ। चाँदी प्रतिऔंस २२.३५ डलरबाट बढेर २२.९९ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell