PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

प्रचण्डलाई गगनको आग्रह : नागरिकलाई नतर्साउनुस्, बरु आफैं डराउनुस्  



पहिलोपोस्ट

प्रचण्डलाई गगनको आग्रह : नागरिकलाई नतर्साउनुस्, बरु आफैं डराउनुस्  
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनता नतर्साउन आग्रह गरेका छन्। बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्।

थापाले प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको उल्लेख गर्दै यसबारे सोच्नुपर्नेसमेत बताए। 'म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको छ,' थापाले भने, 'एक्लै बिहानबेलुका बस्दै गर्दा दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्। मसँग भएको एक/एक क्षणको समयको कसरी प्रयोग गर्ने? डराउनुस्।'

प्रधानमन्त्री नडराए भोलिका दिनमा सुन्ने मान्छेसमेत नपाउने गगनको भनाई थियो। 'कूर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ,’ गगनले थपे, ‘प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ। प्रधानमन्त्रीले दायाँ हेरे पनि भोट, बायाँ हेरे पनि भोट। मसँग १७२ छ, म ढुक्क छु भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ।'

अहिले देशमा संकट आएको र युवाहरु आत्तिएको अवस्था रहेको उनको भनाई थियो। 'मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ। यति धेरै मानिस निराश भएको देखेको थिइनँ,’ थापाले भने।

थापाले समुदायलाई सही सूचना दिने काम सामुदायिक रेडियोको काँधमा आएको धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell