PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

एमाले बलियो प्रतिपक्षी भएर उभिन्छ, पाँच वर्ष नै गठबन्धनले सरकार चलाओस् : शंकर पोखरेल



पहिलोपोस्ट

एमाले बलियो प्रतिपक्षी भएर उभिन्छ, पाँच वर्ष नै गठबन्धनले सरकार चलाओस् : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए।

आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिनुपर्ने बताए। साथै, एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने पनि उनले बताए।

उनले सरकारमा सहभागी दलबिच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्ने पनि बताएका छन्। देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरि अघि बढ्न उनले सत्तारुढ दललाई आग्रह गरेका छन्।

पोखरेलले अस्थिरताले कोही कसैको भलो नगर्ने भन्दै गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell