PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

नेविसंघबाट स्ववियुमा निर्वाचितलाई शशांकको चियापान



पहिलोपोस्ट

नेविसंघबाट स्ववियुमा निर्वाचितलाई शशांकको चियापान

काठमाडौं : कांग्रेस नेता डा शशांक कोइरालाले नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचितलाई बधाई दिएका छन्। बिहीवार महाराजगञ्जस्थित कोइराला निवासमा चियापानसहित नेता कोइरालाले स्ववियूमा निर्वाचित हुनेहरुलाई कार्यकाल सफलताका शुभकामना दिएका हुन्।

स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उनले विद्यार्थीको हकहित र शैक्षिक मुद्दालाई केन्द्रमा राखेर काम गर्न पनि सुझाव दिए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, शंकरदेव, पद्यकन्या, पब्लिक युथ, थापाथली इञ्जिनियरिङ, भक्तपुर बहुमुखी क्याम्पससहितका उपत्यकाका क्याम्पस र देशभर ११६ क्याम्पसमा नेविसंघले स्ववियू जितेको छ। उपत्यकाका क्याम्पस र उपत्यकाबाहिरका क्याम्पसबाट निर्वाचितहरु पनि कोइराला निवास आइपुगेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

कार्यक्रममा पार्टी प्रवक्ता डा प्रकाशशरण महत, पूर्वमन्त्री दिपक गिरि, रामकृष्ण यादव, दिपक खड्का, प्रतिमा गौतम, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, राजीव ढुँगाना, हरिबोल भण्डारीलगायतका नेताहरु उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell