काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूता चेन सोङबिच भेटवार्ता भएको छ।
गोल्फुटारस्थित निवासमा पुगेर सोङले खड्कासँग छलफल गरेका हुन्। भेटका क्रममा नेपाल र चीनबिचको सम्बन्धका साथै आपसी हित र चासोका विषयहरुमा छलफल भएको थियो।