PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल



पहिलोपोस्ट

स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।

आज शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए।

उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो।

उनले भने, 'राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।'

त्यसैगरि, राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरमै रहेको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा परीक्षण पनि गराएका छन्। प्रा डा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell