PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ र सुदूरपश्चिम ११ भिड्ने



पहिलोपोस्ट

तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ र सुदूरपश्चिम ११ भिड्ने

बुटवलः २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने भएका छन्।

बुटवल -११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङले पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले फ्रेन्डस् क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

निर्धारित समयमा २-२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। योसँगै १५औँ संस्करणको विजेतासमेत रहेको फ्रेन्डस क्लब सेमिफाइनलबाट नै बाहिरिएको हो।

पेनाल्टी सुटआउटमा फ्रेन्डसका रुपेश केसी र डोना थापाले गोल गर्न सकेनन्।

मनाङका जियनाथ सेख, अजित गुरुङ, विशन गुरुङ र आशीष गुरुङले गोल गरेका थिए भने फ्रेन्डसका अमित तामङ, टोरिक जिब्रन र उत्तम राईले गोल गरे।

दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ तथा उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell