PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै



पहिलोपोस्ट

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो।

बैठक आज अपराह्न १ बजे बस्नेछ।  नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो।

आज बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेललाई सत्ता साझेदार दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। यद्यपि, सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ। विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागबन्डाका विषयमा भने छलफल हुनुपर्ने कांग्रेस नेताहरु बताउँछन्।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell