PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

आजकौ मौसम : दिउँसो र राति यी प्रदेशमा वर्षाको सम्भावना



पहिलोपोस्ट

आजकौ मौसम : दिउँसो र राति यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राती लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, वाग्मती र कोशी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति भने कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell