PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार



पहिलोपोस्ट

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

उपचारको ३६औँ दिनसम्म आइपुग्दा हिजो भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सक्ने भएको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए।

'अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो', न्यौपानेले भने।

कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ। डा भण्डारीको फिजियोथेरापी क्रमिकरूपमा भइरहेको न्यौपानेको भनाइ छ।

सङ्क्रमण रोकथाम गर्नका लागि अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटका लागि बन्द गरेको अस्पतालले जनाएको छ। फागुन ३ गते जलेर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell