PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई महानगरको कारवाही, १२ हजार रुपैयाँ जरिवाना असुल



पहिलोपोस्ट

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई महानगरको कारवाही, १२ हजार रुपैयाँ जरिवाना असुल
फाइल फोटो

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ।

महानगरपालिकाले बिहीवार कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फलेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जरिवानास्वरुप मण्डललाई दुई हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ। महानगरले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो। त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो।

महानगरले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ। पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ। आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell