PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

निजामति कर्मचारीका लागि 'प्रतिभा डबली' कार्यक्रम संचालन हुने



पहिलोपोस्ट

निजामति कर्मचारीका लागि 'प्रतिभा डबली' कार्यक्रम संचालन हुने

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न 'प्रतिभा डबली' कार्यक्रम संचालन गर्ने भएको छ।

वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषय एवं अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न उक्त कार्यक्रम गर्न लागेको मन्त्रालयले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ।

उक्त प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले मन्त्रालयको वेबसाइटमा गएर यही चैत ३० गतेसम्म अनलाइनमार्फत प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ। प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो-भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

नवीन सोच पेस गरि शीर्ष १० मा पर्ने निजामती कर्मचारीले प्रत्यक्ष प्रस्तुतीकरणसमेत गर्नुपर्ने मन्त्रालयले जनाएको छ। उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिनेछ। प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell