PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पेनसन योजनाविरुद्ध फ्रान्समा प्रदर्शन, लाखौं मानिस सडकमा ओर्लिए



पहिलोपोस्ट

पेनसन योजनाविरुद्ध फ्रान्समा प्रदर्शन, लाखौं मानिस सडकमा ओर्लिए
Photo : Reuters

फ्रान्समा पेन्सन पाउने उमेर बढाउने सरकारको योजनाको विरोधमा प्रदर्शन भइरहेको छ। राष्ट्रपति इम्यानलु माक्रोनको यो योजनाको विरुद्ध कयौं हप्तादेखि प्रदर्शन भइरहेको छ।

सेवा निवृत्ति हुने उमेर दुई वर्ष बढाएर ६४ पुर्‍याउने योजनाविरुद्ध फ्रान्सभर प्रदर्शन भएको हो। बिहीवार पनि फ्रान्सका विभिन्न शहरमा प्रदर्शन भएको थियो।

बीबीसीका अनुसार करिब १० लाख मानिस योजनाको विरुद्ध सडकमा उत्रिएका थिए। पेरिसमा पनि एक लाख भन्दा बढी मानिस भेला भएर आन्दोलन गरेका थिए। त्यसक्रममा प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीले प्रदर्शनमा उत्रेका ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। पेरिसमा सानो प्रदर्शनका क्रममा पनि अहिले तोडफोड र प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी हुने गरेको छ।

बिहीवार राति भने आन्दोलनका क्रममा बार्डो टाउन हलमा आगोसमेत लगाइएको छ। आगो के कारणले लाग्यो भन्ने विषय भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell