PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन



पहिलोपोस्ट

सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
तस्विर : नरेश भट्टराईको फेसबुकबाट

काठमाडौं : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन्।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। उनले नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम संचालन गरेकी थिइन्। पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान संचालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।

ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell